उपप्रधानमन्त्री खड्का सैनिक अस्पताल भर्ना
प्रधानमन्त्रीद्रारा स्वास्थ्य लाभको कामना
काठमाडौं:उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सैनिक अस्पताल छाउनीमा भर्ना भएका छन्। प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि उनलाई बुधबार वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको थियो।
मन्त्री खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार प्रोस्टेटको शल्यक्रिया गरिएको छ। अहिले खड्काको अवस्था सामान्य रहेको बिसीले जानकारी दिए।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । आज साँझ अस्पताल पुगेर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
Share on Twitter