स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त
काठमाडौं:स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले आज मन्त्रीस्तरीय निर्णय गर्दै अधिकृत १२ औँ तहकी मिश्रालाई विभाग नेर्तत्वको जिम्मेवारी दिएका हुन् । यसअघि विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए । उनलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।
Share on Twitter