पाल्पामा गुडिरहेको जिपमाथि पहिरो खस्दा ३ जनाको मृत्यु
काठमाडौं:पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलकालागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।
पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनले १ महिला र २ पुरुष रहे पनि उनीहरूको सनाखत हुन बाँकी रहेको बताए। दुर्घटनामा परी घाइते हुनेमा चालक बालकृष्ण श्रेष्ठ, अन्दाजी ३६ वर्षीया सुष्मा राना घर्ती, अन्दाजी ६ वर्षीया सुरबी घर्ती, ५ महिनाकी शिवा घर्ती, २७ वर्षीया स्कृति थापा, ५ वर्षीया सुष्मा थापा, शोभा घर्तीमगर र टेकबहादुर घर्तीमगर रहेका प्रहरीले जानकारी दिएको छ ।
Share on Twitter