नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त
काठमाडौं:नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरु नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो।
महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धाका आधारमा पनेरु महाप्रवन्धकमा नियुक्त भएका हुन् । महाप्रवन्धकालागि ९ जनाको दरखास्त परेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो।
जसमा पनेरु सहित उमेशप्रसाद गुप्ता र डा. राजकुमार थापाको नाम थियो। यी तीन मध्येबाट पनेरुलाई नियुक्त गरिएका हो ।
Share on Twitter