शैक्षिक प्रमाणपत्रमा सच्याउने अवधि पाँच वर्ष कायम
काठमाडौँ :शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउनु पर्दा, विद्यार्थीहरुले समस्या भोग्दै आएका थिए तर अब ती विद्यार्थीहरुलाई सहज हुने भएको छ । प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको प्रस्तावमा सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी ९तेस्रो संशोधन० नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेकाले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।
कुनै विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।
त्यसै गरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउनेछ्न । मन्त्रिपरिषद् बैठकले उक्त नियम पारित गरेको गृहमन्त्रालयले जनाएको छ ।
Share on Twitter