१४ जना प्रहरीलाई हाजिर हुन निर्देशन
काठमाडौं:नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै बाटोको म्याद बाहेक सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो ।
गैरहाजिर हुनाको कारण समेत पेश गर्न सूचनामा भनिएको छ । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने चेतावनी समेत दिएको छ ।

Share on Twitter