धरानमा निषेधाज्ञा जारी
प्रवेश नाकामा कडाइ
काठमाडौं:स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । गयराति १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजेसम्म जारी रहने छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।
धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यता धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

Share on Twitter