सुरु भयाे नेपाल हायर एजुकेसन फेयर
काठमाडौंः नेपाल हायर एजुकेसन फेयर आजबाट काठमाडौंमा सुरु भएको छ । यो फेयरको नवौं संस्करण हो । ‘स्वदेशी शिक्षा सबैको ईच्छा’ भन्ने मुख्य उद्देश्यका साथ काठमाडौंको होटल अन्नपूर्णमा सुरु भएकाे मेला भोलिसम्म चल्नेछ ।
मेलामा स्नातक तह र स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिइने आयोजकले जानकारी दिएको छ ।
आज करिव ७ हजार विद्यार्थीले मेला अवलोकन गरेका छन् ।
स्वदेशमै स्तरीय शैक्षिक संस्था छन् भन्ने जानकारी गराउन मेला अयोजना गरिएको मेलाका संयोजक तारामान रावलले बताए । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको उनले बताएका छन ।
नेपालको शैक्षिक प्रणाली धरासायी भै रहेको अवस्थामा नीति निर्माणका तहबाट गम्भिर भै शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु जोड्नु प्रर्ने धारणा आयोजकका तर्फबाट जीवन लामा गोले राखेका छन् ।
कक्षा १२ पास भएका बिद्यार्थीहरुलाई स्नातक तहमा नेपालमा व्यवस्थापन, सुचना प्रविधि , बिज्ञान ,मानविकी ,इञ्जिनियरिङ्ग लगायत के कस्ता बिषयमा पढाई हुने गर्दछन् कहाँ कुन कुन विश्वविध्यालय मार्फत पढाई हुने गर्दछन् र ति बिषयहरुको लामो समय सम्मको स्कोप कस्तो रहन्छ भन्नेबारे जानकारी मेलामा दिएको छ । मेलामा करिव ४० शैक्षिक संस्थाहरु सहभागी छन् ।
मेलाबाट कलेज तथा विद्यार्थी दुवै पक्ष सन्तुष्ट रहेको आयोजक ले जनाएको छ ।
Share on Twitter