सिन्धुपाल्चाेककाे मेलम्चीमा फेरी बाढी,घरहरू जोखिममा
काठमाडौं । अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ ।
मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेको सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयको कक्षाकोठा समेत उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।
विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको छ ।
प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
Share on Twitter