सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका देव शर्मा पक्राउ
काठमाडौँ : सर्वोच्च अदालतको भेटमा अनसन बस्न पुगेका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए ।
तर, सर्वोच्चले उनको रिट दर्ता गरेन । मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले मत दिएर बहुमत पुर्याएका थिए । त्यसविरुद्ध नेकपा एमाले रिट दर्ता गरेको थियो ।
कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको भेटमा पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
Share on Twitter