त्रिशूली अपडेट : बस दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं: त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूली नदीमा समेको हो ।
बसमा सवार मध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।
Share on Twitter