त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्धार
काठमाडौं:त्रिशूली नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।
हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
Share on Twitter