कान्ति बाल अस्पतालमा २० लाखको अक्षयकोष स्थापना
काठमाडौं : मृगेन्द्र सम्झना चिकित्सा गुठीले कान्ती बाल अस्पतालमा अक्षय कोष स्थापना गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई हौसला प्रदान गर्ने उधेश्यले २० लाख रुपैँयाको अक्षय कोष स्थापना गरेको अस्पतालका निर्देशक डा. युबानिधी बसौलाले जानकारी दिए ।
गुठी र अस्पतालबिच अक्षय कोष स्थापना गर्ने बिषयमा सहमति भएको छ । २० लाख रुपौँया मुद्धती खातामा राख्ने र त्यसबाट प्राप्त हुने ब्याजको ९० प्रतिशत रकमबाट उत्कृट कर्मचारीलाई पुरस्कृत गर्ने बसौलाले बताए ।
अस्पतालमा कार्यरत चिकित्सकहरु , नर्सिङ तथा प्राबिधिक कर्मचारीहरु र प्रशासन तर्फ उत्कृष्ट सेवा गर्ने कर्मचारीहरुलाई बार्सिकोत्सबमा पुरस्कार , प्रमाणपत्र र नगद प्रदान गर्ने जनाइएको छ ।
२०३२ साल स्थापना भएको गुठीले रोगपीडित अशक्त तथा सर्वसाधारणहरुको स्वास्थ्य परिक्षण र औषधीउपचार गर्ने, छात्रवृति पुरस्कार प्रदान गर्ने, महिलाहरुको स्वास्थ्य सेवा, आयमूलक कार्य, जनस्वास्थ्यसम्बन्धी कार्य, आर्थिक, सामाजिक र परोपकारी कार्य गर्नु र आध्यात्मिक कार्यमा सहयोग गर्दै आएको छ ।
Share on Twitter