डेंगु संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं :पछिल्लो केही दिनदेखी नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरी ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्यांक अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, यही अवधिमा डेंगुका कारण १२ जनाको मुत्यु भएको छ । सुनसरीमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ । इडिसीडीको तथ्यांक अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।
यस्तै कोशी प्रदेशमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदुरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ । गत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको मुत्यु भएको थियो ।
Share on Twitter