वीर अस्पतालका निर्देशक सन्तोष पौडेललाई कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोप
काठमाडौं:वीर अस्पतालका निर्देशक सन्तोष पौडेललाई कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोप लागेको छ । अस्पतालका रेडियोग्राफी निरीक्षक द्धारीका प्रसाद यादवले निर्देशक डा सन्तोष पौडेलले ड्यूटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
यादवलै आफुमाथी भएको घटनाबारे छानबिन गर्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई पत्र लेखेर आफूमाथि भएको दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गनै माग गरेका हुन् ।
उनले दोषीलाई कारबाही गर्न र सुरक्षाको माग गरेका छन् । रेडियोग्राफी निरीक्षक यादवले ड्यूटीका क्रममा बिरामीलाई अस्पताल फार्मेसीमा उपलब्ध नरहेको अल्ट्राभिस्ट ३७० एमजी औषधि बाहिरबाट किनेर ल्याउन भनेको निहुँमा अस्पताल निर्देशक डा सन्तोष पौडेलले सत्यतथ्य नबुझी सिटी स्क्यान कार्यकक्ष अगाडि विभिन्न अपशब्द प्रयोग गर्दै गाली गलौज गर्दै दुर्व्यवहार र हातपात गरेको आरोप लगाएका छन्।

यता डा पौडेलले भने बिरामीहरुलाई सिटी स्क्यानमा प्रयोग हुने औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने गरेकाले गाली गरेको बताएका छन् ।
उहाँ २५ गते नै काज फिर्ता भएको कर्मचारी हो। काज फिर्ता भएको मान्छे, हाजिर नै नभएको मान्छे त्यहाँ काम गरेर बसिरहेको भेटियो। हाजिर नै नभएको मान्छेले मेरो अफिसमा काम गर्न मिल्यो त? त्यहि माथि बिरामीहरुलाई सिटी स्क्यानमा प्रयोग हुने औषधि किन्न बाहिरको फार्मेसीमा पठाउने रहेछन्।
बिरामीलाई किन बाहिरको फार्मेसीबाट औषधि लिएर आउँ भनेर पठाइयो? उहाँको नियत नै मिलेन। हाम्रो अस्पतालको फार्मेसीमा पाइने औषधि किन्न बाहिर पठाउन मिलेन भनेर मैले किन यस्तो गरेको, यहाँ बसेर दलाली गर्न मिल्छ? भनेर मैले गाली गरेको हो। अरु केही भनेको छैन। रमना भएको मान्छे रमना लिन नमानि बसिरहेको हो। प्रदेशमा समायोजनमा परेको हुनुहुँदो रहेछ। अहिले काज फिर्ता गरेको भनेर मलाई रिस गरेको हो उहाँले ।
Share on Twitter