उपरथी गणेश कुमार श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं:गणेश कुमार श्रेष्ठले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । सहायक रथी बाट उपरथीमा पदोन्नति भएका श्रेष्ठलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकारको मिति २०८० श्रावण ३० गतेको निर्णय अनुसार उनि उपरथी दर्जामा पदोन्नति भएका हुन् । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन् ।
Share on Twitter