सांसद चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज
काठमाडौं :नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि कीर्तिपुर अस्पतालबाट आज डिस्चार्ज भएका हुन् ।
गत वर्ष फागुन ४ गते ग्यास बिस्फोटबाट घाइते भण्डारीको भारतमा उपचार गरिएको थियो। जलनसम्बन्धी उपचारका क्रममा उनको हात तथा औंलाको पूर्ण लाभका लागि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशन डा पेरु प्रधानका अनुसार प्राडा विडी झा नेतृत्वको ११ सदस्यीय टोलीले भण्डारीको हातको शल्यक्रिया गरेको हो। हिजो शल्यक्रिया सम्पन्न भएपछि आज उनलाई डिस्चार्ज गरिएको हो ।
Share on Twitter