डेंगु संक्रमितको संख्या ८ हजार नाघ्यो
काठमाडौं:नेपालमा डेंगु संक्रमितको संख्या पछिल्लो ८ महिनामा १५ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार गएको पुस महिनायता १५ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै डेंगु संक्रमणका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ । डेंगुबाट सैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित बनेका छन् । कोसीमा ११ हजार ३७८ र वाग्मतीमा दुई हजार ४६४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४३४ जना संक्रममित भएका छन् । सरकारले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
Share on Twitter