एक युवाले आफ्नै लिङ्ग काटेर अस्पताल पुगे
काठमाडौं:मकवानपुरमा आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर एक युवक घाइते भएका छन् । मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफैले आफ्नो लिङ्ग काटेको प्रहरीले जनाएको छ ।
गएराति करिब १० बजेतिर घाइते भएका उनी करिब दुई घण्टापछि उपचारका लागि हेटौंडा अस्पताल पुगेका थिए। हेटौंडा अस्पतालले थप उपचारका लागि भरतपुर पठाएको छ । उनको अहिले भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी अहिले बोल्न सक्ने भएकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। लजको १ नम्बर कोठामा बसेका हुमागाईंले आफ्नै संवेदनशील अंग काटेका थिए ।
सुतिरहेको अवस्थामा बिच्छीले संवेदनशील अंगमा टोकेपछि शरीरमा विष फैलिन्छ भनेर उक्त भाग काटेको उनले प्रहरीलाई जानकारी दिएका छन्। उनी होटलमा एक्लै बसेका थिए । द्दटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
Share on Twitter