हायर एजुकेसन फेयर भदौ ८ र ९ गते
काठमाडौं:नेपाल हायर एजुकेसन फेयर ( शैक्षिक मेला ) भदौ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यो फेयरको नवौं संस्करण हो । ‘स्वदेशी शिक्षा सबैको ईच्छा’ भन्ने मुख्य उद्देश्यका साथ सुरु हुन लागेको शैक्षिक मेला काठमाडौंको अन्नपूर्ण होटलमा हुनेछ ।
मेलामा स्नातक तह र स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिइने जनाईएको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरु प्लस टु गरेपछि अध्ययनको लागि भन्दै विभिन्न मुलुक जाने गरेका छन्।
तर पढ्न चाहनेलाई स्वदेशमै स्तरीय शैक्षिक संस्था छन् भन्ने जानकारी गराउन मेला अयोजना गरिएको मेलाका संयोजक तारामान रावलले बताए । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ ।
यसबारे विद्यार्थीहरुलाई जानकारी गराईने रावलले बताए । कक्षा १२ पास भएका बिद्यार्थीहरुलाई स्नातक तहमा नेपालमा व्यवस्थापन, सुचना प्रविधि , बिज्ञान ,मानविकी ,इञ्जिनियरिङ्ग लगायत के कस्ता बिषयमा पढाई हुने गर्दछन् ? कहाँ कुन कुन विश्वविध्यालय मार्फत पढाई हुने गर्दछन् ?र ति बिषयहरुको लामो समय सम्मको स्कोप कस्तो रहन्छ भन्नेबारे जानकारी गराइने बताइएको छ । मेलामा करिव ४० शैक्षिक संस्थाहरु सहभागी हुदैछन् ।

Share on Twitter