स्वास्थ्य मन्त्री बस्नेत भारत भ्रमणमा
काठमाडौ: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य सम्बन्धी ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन मंगलबार साझ भारतको गुजरात प्रस्थान गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने क्षयरोग सम्बन्धी दक्षिणपूर्वि एशियाली देशहरु समेत सहभागी हुने उक्त सम्मेलन गुजरातमा बुधबार र बिहीबार हुने छ । त्यसैगरि बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल सम्मेलनमा पनि मन्त्री बस्नेत सहभागी हुने छन् ।
सोही अवसरमा मन्त्री बस्नेतले गुजरातको गान्धीनगरमा आयोजना गरिने औषधि र प्रविधिको अवलोकन गर्ने छन् । शुक्रबारदेखि आईतबारसम्म चल्ने वन अर्थ, वान हेल्थ समिटमा पनि मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।
भारत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्टिय विमान स्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्मेलनहरुमा विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र जनस्वास्थ्य विज्ञहरुसँगको छलफल र अनभव आदान प्रदानबाट नेपालको स्वास्थ्य क्षेत्रलाई फाइदा हुने बताए ।
मन्त्री बस्नेतको टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा संगिता कौशल मिश्र, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा बासुदेव उपाध्याय, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, सचिवालयका सदस्य विश्वरुप खड्का सहित छ जनाको टोली भारत गएको छ । मन्त्री बस्नेत आगामी ३ भदौमा स्वदेश फर्कने छन् ।
Share on Twitter