केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण
काठमाडौं:केन्द्रीय कारागार अस्पतालले डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । पछिल्लो समय सेवा लिन अस्पताल पुगेका बिरामीहरुमा ज्परोको समस्या देखिएपछि अस्पतालले डेंगु बारे जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम गरेको हो।
केन्द्रिय कारागार अस्पतालले केन्द्रिय सुधार गृह,भद्र सुधार गृह,महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार,नाइके,भाई तथा सह नाइके र नक्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी,अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष,अप्रत्यक्ष संलग्न सवैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
कारागार अस्पतालमा बिरामी बढेपछि भुइमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको डा. बुढाथोकीले बताए । डेंगु नियन्त्रणकालागी सबैलाई सचेत गराएपनि थप पृष्ठपोषण गर्न अभिमुखिकरण कार्यक्रम गरेको उनको भनाइ छ । कार्यक्रममा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगीको वर्तमान अवस्था र बच्ने उपाएबारे प्रस्तुति राखेका थिए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डा. बन्दना पाण्डे र इन्टोमोलोजिष्ट शिशिर पन्तले सहजिकरण गरेका थिए । कार्यक्रममा अनाश्रीत प्रहरी गुल्मबाट प्रहरी निरीक्षक ओम प्रकाश यादब,नख्खु कारागारबाट श्री नारायण शाह,डिल्लीबजार कारागारबाट शर्मिला ,केन्द्रीय कारागार अस्पतालका चिकित्सक तथा कर्मचारीहरु र सुधार गृहका चौकीदार,नाईके,सह नाइकेहरुको सक्रिय सहभागीता रहेको थियो । पछिल्लो केहि समय देखि देशभर डेंगुको संक्रमण १३ हजार माथी बढिरहेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ ।
यस्तो अबस्थामा सरोकारवाला सवै सक्रिय र सचेत रहनपर्ने विज्ञहरुको सुझाव छ । कार्यक्रमपश्चात ईडिसीडिका तर्फबाट अस्पतालका प्रमुख डा. बुढाथोकीलाई डेगी निदानका लागी किट हस्तान्तरण गरिएको थियो ।

Share on Twitter