कक्षा १२ को नतिजा सार्वजनिक
काठमान्डाै :राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् ।
यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले बताए । यस्तै यसवर्ष ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका छन् ।
मंगलबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार कूल परीक्षार्थीमध्ये करिव १.८७ प्रतिशत विद्यार्थीले उक्त जिपीए ल्याएका हुन् । गत साल ४ हजार १ सय ७९ परीक्षार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका थिए ।
यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउन विद्यार्थी ३८ हजार ९ सय ९९ रहेका छन् । यो कूल परीक्षार्थीमध्ये १०.४७ प्रतिशत हो । यस्तै नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूकालागि बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।
प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले चित्त नबुझेमा १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ ।
Share on Twitter