स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा भदौमा
काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा भदौमा गर्ने भएको छ । साउन २९ गतेको निर्णय अनुसार स्नातकोत्तर, स्नातक र प्रमाणपत्रको परीक्षा मिति तोकिएको परिषद्ले जानकारी दिएको छ ।
परिषद्ले सूचना निकालेर परीक्षा मिति सार्वजनिक गरेको छ । ‘यस परिषद्को परीक्षा समितिको मिति २०८०/०४/२९ गतेको निर्णय अनुसार परिषदबाट संचालन हुने स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८० साल भाद्र महिनाको १५ देखि २० गते सम्म संचालन हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीकोलागी यो सूचना प्रकाशित गरिएको छ ’
परीक्षा तालिका, प्रवेश–पत्र, परीक्षा केन्द्र बारे परिषदकों वेबसाइट तथा फेसबुक पेज मार्फत जानकारी गराइने जनाइएको छ ।

Share on Twitter