स्वास्थ्य मन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्ना सिंगर बिच शिष्टाचार भेट
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्ना सिंगर ह्यम्डीबिच सोमबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
भेटघाटका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्नाले आवश्यक सहयोग र सहकार्य जारी रहने बताइन् ।
मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरुलाई धन्यवाद दिदै भविश्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।
Share on Twitter