डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु
काठमाडौं : डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। उनी बिरामी भई साउन २३ गते अस्पताल भर्ना भएका थिए ।
चितवनमा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए ।
Share on Twitter