सीआईबीको ‘अपरेसन फक्सट्रट’ : ७ जना ‘नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ
काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नक्कली डाक्टर माथि चलाएको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या ७ जना पुगेको छ। मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेसंगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो ।
सीआईबीले मोरङमा क्लिनिक चलाएर बसेका मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो। मनिषको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो । यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो। यस्तै त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरीलाई अपरान्हतिर पक्राउ गरिएको थियो। यस्तै बिहीबार साँझ नै डा रामबाबु यादव र एरिना यादवलाई पनि पक्राउ गरेको थियो ।
Share on Twitter