मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित
काठमाडौं: यो बर्ष मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म ५० जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।
ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ को मृत्यु भएको छ भने ५५ जना घाइते भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए ।
विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । यस्तै सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए ।
अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् । विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ ।
Share on Twitter