प्रेस्किप्सन अडिटबारे चिकित्सक संघकाे चार सुझाव
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीबायोटीक्स र खाद्यपूरक औषधिको प्रेस्किप्सन अडिटबारे सरोकारवालाहरुसंग छलफल गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा प्रति जैविक औषधि (एन्टीबायोटीक्स)हरू र खाद्यपूरक औषधिको दुरुपयोग रोक्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताए । प्रति जैविक औषधिहरूको अनावश्यक प्रयोग बढेपछि मन्त्रालयले यसमा चासो देखाएको हो ।
मंगलबारको छलफलमा नेपाल चिकित्सक संघको तर्फबाट सरकारलाई चार वटा सुझाव दिएको डा.कार्कीले बताए । उनले भने ‘हामीले आजको छलफलमा चार वटा सुझाव दिएका छौँ । पहिलो त उपचार सेवामा प्रिस्किप्सनको एउटा मापदण्ड बनाउने दोस्रोमा सबैभन्दा पहिला औषधि व्यवस्था विभागले नेपालमा उपलब्ध औषधिहरूको सूचि निकाल्ने यस्तै तेस्रोमा सबै काउन्सिलले अहिलेका सबै प्रिस्किप्सनको अडिट गर्न सुझाएका छौँ भने अर्को मुख्य कुरा भनेको नेपालमा प्रिस्किप्सन लेख्ने विभिन्न तह र तप्काका स्वास्थ्यकर्मी छन् उनीहरू मध्य कुन समूहले कुन औषधि लेख्न पाउने भनेर एउटा तहगत रूपमा मापदण्ड बनाउन सरकारलाई सुझाव दिएका छौँ’
डा.कार्कीले प्रिस्किप्सन अडिट चुनौतीपूर्ण भए पनि त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताए ।मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै प्रेस्किप्सनको अडिट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन उपचारात्मक महाशाखालाई पत्राचार समेत गरिसकेको छ ।
Share on Twitter