सबै अस्पताल र स्वास्थ्यका कार्यालयमा फूल रोप्न स्वास्थ्य मन्त्रालयको निर्देशन
कठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कार्यालय र सबै स्वास्थ्य संस्थाहरुमा फूल रोप्न निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालय आन्तरिक प्रशासन शाखाले पत्रचार गर्दै विभाग, संघीय तथा प्रादेशिक अस्पताल, प्रतिष्ठान सबैका कार्यालय परिसरमा सदाबहार फुल्ने फूलका बिरुवा रोप्न सर्कुलर गरेको हो ।
कार्यालय परिसरमा फूलका बिरुवा रोपेर हरियाली बनाउँदा उपचारका लागि आउने बिरामीलाई उर्जा प्राप्त हुने, बिरामीलाई स्वास्थ्यलाभ हुन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
Share on Twitter