कावासोती र हुप्सेकोटका विद्यालयमा साउन २६ गतेसम्म विदा
कावासोती : कावासोती नगरपालिका र हुप्सेकोट गाउपालिकाले साउन २६ गतेसम्म विद्यालय बन्द गर्ने भएका छन् । पूर्वी नवलपरासीका यि जिल्लामा आँखा पाक्ने रोगको संक्रमणको जोखिम बढेकाले सय पालिका भित्रका विद्यालय बन्द भएका हुन् ।
कावासोती नगरपालिकाले साउन २६ गतेसम्म सार्बजनिक विदा दिएको छ । नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी ले सोमबार एक सुचना जारी गर्दै नगर भित्रका कक्षा १२ सम्म संचालन हुने विद्यालयहरुमा श्रावण २६ गते सम्म सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

यसै गरि हुप्सेकोट गाउँपालिकाले पनि श्रावण २६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत तेजचन्द्र खनालले एक सुचना जारि गर्दै आँखा पाक्ने रोगको संक्रमणका कारण विद्यालय बन्द गर्न आव्हान गरेको बताए ।
आँखा पाक्ने रोगको संक्रमण तिब्र गतिमा फैलिरहेकाले बिज्ञहरु सहितको सुझावको आधारमा बिद्यालय बन्द गर्ने निष्कर्षमा नगरपालिका पुगेको सुचनामा उल्लेख छ ।
Share on Twitter