काठमाडौंका सबै वडामा लाममुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु
काठमाडौं: काठमाडौं महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाएको छ । डेंगुको संक्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले सबै वडामा एकैपटक लार्भा नष्ट गर्नेगरी सचेतना अभियान चलाएको छ ।
बुधबार वडा ३१ मा शान्तिवाटिका गेटबाट सुरु लार्भा नष्ट कार्यक्रम बागमती नदी किनारसम्म, वडा नं. १३ को ताहाचल ककन्चो मार्ग, वडा नं. २६ को लैनचौर, वडा २१ को जैसीदेवलतर्फको क्षेत्रमा लार्भा नष्ट गरिएको छ।
यसैगरी वडा नं. २९ को घट्टेकुलो चोकबाट मैतीदेवी चोकतर्फ, वडा नं. १ को नागपोखरी, वडा नं. १४ को सुनारगाउँ चोकबाट कुलेश्वरसम्म, वडा नं. १७ को धोबीचौर क्षेत्र, वडा नं. २५ को बांगेमुढाबा न्योखा, तननी, टेंगल, भेडासिं, मच्छिन्द्रबहाल क्षेत्र, वडा नं. ३० को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट भैरवस्थान हुँदै कालोपुल, वडा नं. १९ को कंकेश्वरीबाट सुरु भएर इनाटोलतर्फ, वडा २ को लाजिम्पाट अम्बिका गल्ली, वडा २८ को भृकुटीमण्डप, वडा २४ को इटुम्बहालदेखि इन्द्रचोकसम्म लार्भा नष्ट कार्यक्रम गरिएको छ।
Share on Twitter