युवा संघ र अनेरास्ववियुद्वारा ओखलढुंगामा वृक्षारोपण
काठमाडौं : नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको एक युवा पाँच बिरुवा अभियान ओखलढुंगामा पनि सुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ओखलढुंगाले मोलुङ गाउँपालिका २ सिरानमा रहेको गुरु पार्कमा २ सय बिरुवा रोपेको छ ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हर्कबोल राई लगायतको उपस्थितिमा वृक्षारोपण भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य गोपाल नेपालले जानकारी दिए ।

युवासंघले देशभर ५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ । सोही अनुसार जिल्ला जिल्लामा वृक्षारोपण अभियान चलाउन आग्रह गरेको जनाइएको छ । साथै नेकपा एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियु शिवदुती मावि कमिटीले पनि रचनात्मक क्रियाकलाप अन्तर्गत वृक्षारोपण गरेको छ ।

मोलुङ गाउँपालिका ३ सोमबारे हटियामा वृक्षारोपण गरेको छ । पर्यटकीय पार्कको प्रचार प्रसार र प्रवर्द्धन गर्न वृक्षारोपण गरिएको विद्यालय कमिटीका उपाध्यक्ष नवराज घिमिरेले बताए । अमला , वर पिपल , धुपी, कल्की फुल लगायतका प्रजातिका एक सय बिरुवा रोपेको उपाध्यक्ष घिमिरेले जानकारी दिए ।
वृक्षारोपण कार्यक्रममा मोलुङ ३ का वडा अध्यक्ष मित्र सुनुवार , नेकपा एमाले जिल्ला कमिटी सदस्य टेकबहादुर तामाङ , लोकप्रिय सुनुवार अनेरास्ववियु स्थायी कमिटी सदस्य गोपाल नेपाल लगायतको उपस्थिति रहेको थियो ।
Share on Twitter