किन हुन्छ आईभिएफ असफल ?
निःसन्तान दम्पतिहरु सन्तान नहुँदाको पिडामा पिरोलिरहेका हुन्छन् । विवाहलाई मानव श्रृष्टि जोगाउने कर्मका रुपमा पनि लिने गरिन्छ तर कतिपय अवस्थामा भने विवाहिता जोडीले सन्तान जन्माउन सकिरहेका हुँदैनन् । निःसन्तान वा बाँझोपनको यो समस्या देखिदा समाजले महिलालाई मात्र प्रमुख कारण मान्ने गर्दछ । त्यस्ता महिलाहरुलाई समाजमा बस्नै निकै संघर्ष गर्नुपर्ने अवस्था छ ।
तर चिकित्सा विज्ञानले भने निःसन्तान हुनुको दोषी महिला मात्र नहुने पुष्टि गरेसकेको छ । त्यतिमात्र होइन पछिल्लो समय चिकित्सा विज्ञानको चमत्कारिक विकासले निसन्तान वा बाँझोपनको समस्या समाधान नै गरिदिएको छ । प्राकृतिक रुपले पाठेघरमा गर्भ बस्न नसकेको अवस्थामा आइभिएफ विधि अर्थात् प्रयोगशालाबाट गर्भाधान सफलतापूर्वक हुने गरेको छ । आइभिएफ विधिपनि कुनै व्यक्तिमा सफल भएको छ भने कुनैमा असफल भएको छ ।
आईभिएफ विधि असफल हुनुको कारण के हो ? भन्ने विषयमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी भन्छन् :
यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ ।
सामन्यतया आइभीएफ भन्नाले महिलाहरुमा प्रकृतिक तरिकाबाट बच्चा बस्न समस्या भयो भने कृतिम प्रकृयाबाट महिलाको पाठेघरमा भ्रुणको विकास गराइन्छ । यो प्रकृया अपनाउदा इन्जेक्सन लगाएर महिलाको अण्डाशयलाई नै उत्तेजित गरेर धेरैवटा अण्डा बनाउने गरिन्छ । त्यो अण्डा परिपक्क भएपछि विरामीलाई लठ्याएर योनीद्वार मार्फत अण्डाहरु निकालिन्छ ।
त्यो अण्डाहरु निकालेर विशेस किसिमको प्रयोगशालामा राखिन्छ । त्यो प्रयोगशाला निकै सम्वेदनसील हुन्छ जहाँ अरु कुनै छिर्न सक्दैन । इन्फेकसन नहोस भनेर ल्यावको मेन्टेन गरिएको हुन्छ । अण्डा निकै साना अर्थात सिग्लन सेल भएका कारण आँखाले देख्न सकिदैन । त्यसकालागि हामीले माइक्रोस्कोपीको सहायता लिइन्छ । निकालेको अण्डालाई श्रीमानको सुक्रक्रिटवाट फर्टिलाइजेसन गराइन्छ । जहाँबाट भु्रण बन्ने प्रकृया सुरु हुन्छ । प्रकृया सुरु भएको २४ घण्टा ४८ घण्डा या ७२ घण्टा हामीले हेरेर त्यो भ्रुणलाई पाठेघरमा राखिन्छ ।
प्राय भ्रुण बनेको तीन दिनमा भ्रुणलाई पाठेघरमा राख्ने गरीन्छ । यसरी बाहिर कृतिम तरिकाबाट बनेको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रकृयालाई इनभिट्रो फर्टिलाइजेशन पद्धति अर्थात आईभिएफ भनिन्छ । यो पद्धति सबै निःसन्तान महिलामा सफल हुँदैन । आईभिएफ को कुरा गर्दा ३० देखि ३५ प्रतिशत मात्र सफल भएको देखिन्छ । कतिपय अवस्थामा के कारणले गर्दा आईभिएफ असफल भयो भन्ने कारण नै पत्ता लाग्दैन ।
यो अनुसन्धानकै पाटोमा छ । विश्वब्यापी रुपमा नै यसको कारण नै थाहा छैन । बच्चा नबस्नुको कारण पहिल्याउन नसकी आइभिएफ गर्दा यो सफल हुँदैन । त्यसैले समस्याको पहिचान गरेरमात्र आईभिएफको प्रक्रिया थाल्नुपर्छ । अर्को कुरा महिलाको पाठेघरमा ट्युमर छ या पाठेघरको भित्रपट्टी जान बच्चा बस्छ त्यो ठाउमा मासु पलाएको छ भने पनि आइभिएफ सफल हुँदैन ।
त्यस्तो अवस्थामा आइभिएफबाट भु्रण पाठेघरमा राखेपनि त्यो टियुमरले बच्चालाई बाहिर निकालिदिन सक्छ । पाठेघरमा भएका सानासाना टियुमरलेपनि बच्चा बस्न दिदैन । यस्तै पाठेघरको नलिमा पिप जमेको वा पानि जमेको छ भने पाठेघरमा भ्रुण राखे पनि आईभिएफ सफल हुँदैन । अर्को कुरा महिलाहरुमा डिम्बको क्षमतामा ह्रास हुँदै गयो भनेपनि आइभिएफ असफल हुन सक्छ । उमेरका कारणले , लामो समयसम्म औषधि सेवन गर्नाले , केमो थेरापी , रेडियो थेरापीको असरले गर्दा डिम्बको क्षमतामा ह्रास’ आउन सक्छ ।
डिम्बको क्षमता एन्टि–मुलेरियन हर्मोन परीक्षणबाट गर्न सकिन्छ । एन्टि–मुलेरियन हर्मोन परिक्षणमा सामन्यतया १ दशमलब १ हुनुपर्छ । कसैको ०.५ हुनसक्छ कसैको ०ं.४ पनि हुन्छ । समान्य अवस्था भन्दा कम एन्टि–मुलेरियन हर्मोन भएका बिरामीहरुमा आईभिएफ गर्दा असफल हुने सम्भावना बढी हुन्छ । अर्को कुरा उमेर बढी भएका महिलाहरुमापनि आईभिएफ असफल हुन सक्छ ।
सामान्यतया ३५ वर्ष उमेर पुरा भएपछि महिलाहरुमा प्रजनन क्षमताको दर घट्दै जान्छ । अझै ४० बर्षपछि त बच्चा बन्ने अण्डाको क्षमता ह्रास भएर निकै कम हुन्छ त्यस्तो अवस्थामा बच्चा बस्न कठिन हुन्छ । त्यस्तै पुरुषहरुको कारणले पनि आइभीएफ प्रक्रिया असफल हुन सक्छ । पुरुषहरुको सुक्रकिट असामान्य हुँदापनि यो प्रकृया असफल हुन्छ ।
बाहिरबाट हेर्दा शुक्रकिट जिउदो देखिएपनि भित्र डिएनए राम्रो नहुने र अन्य मोलिकुलर लेवलका कारणले गर्दा शुक्रकिटले अण्डामा प्रवेश गर्न नसकेर फर्टिलाइृजेसन प्रकृया असफल हुन्छ । फर्टिलाइजेसन भइहाल्यो भनेपनि लामो समय टिक्न सक्दैन । भु्रण विससित नभई बिग्रेर जान्छ । अर्को कुरा आईभिएफ कति पटक गर्न सकिन्छ भन्ने त्यस्तो कुनै गाइडलाइन छैन । तर विरामीले दुइ तीन पटक भन्दा गर्न सक्दैनन् । किनकी यो बढी खर्चिलो छ । आईभिएफ गर्दा मानिसको हर्मोनमा पनि साइडइफेक्ट देखिन सक्छ ।
(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीसँग प्रकाश बस्यालले गरेको कुराकानीमा आधारित )
Share on Twitter