हुम्लामा तीन गाउँका ९ सय ५० घरधुरी पहिरोको जोखिममा
काठमाडौं : पहिरोका कारण हुम्लामा तीन गाउँका ९ सय ५० घरधुरी जोखिममा परेका छन् । अविरल वर्षापछि गएको पहिरोले हुम्लाको सर्केगाढ गाउँपालिका बडा नमबर २, ३, ६ र ८ मा पहिरोले ठूलो भौतिक क्षति गरेको हो ।
सदरमुकाम सिमकोटबाट ३२ कोष टाढा रहेका रादेउ, उनापानी ग्युँसी र रिप गाउँमा शुक्रबार राति गएको पहिरोले पुल–पुलेसा, खेतबारी, सडक, खानेपानी र बालीनालीमा क्षति पुगेको हो ।
पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको तर, मानवीय क्षतिको भने खबर आएको छैन । रिप गाउँमा दुई वटा खोलाको बाढी गाउाँमा पसेपछि २५ जनालाई सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ । सिपगाड तर्नका लागि बनाइएका तीन वटा काठे पुल पहिरोले बगाएको जनाइएको छ ।
पहिरोले १८ किलोवाट क्षमताको तातोपानी लघुजल विद्युत् र १५ किलोवाट क्षमताको रिपगाड लघुजलविद्युत परियोजनाको पावर हाउसमा क्षति पु¥याएपछि रिप र उनापानीका छ सय १५ घरधुरीले समस्या भोग्नुपरेको छ । शुक्रबार र शनिबार उक्त गाउँहरूमा पहिरो गएको हो । गाउँमाथिको ठुलो पहाड चिराचिरा पर्न थालेकाले जोखिम कायमै रहेको स्थानीयको भनाइ छ
Share on Twitter