विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ५१.६७ प्रतिशत डाक्टर फेल
काठमाडौं:नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन्। परीक्षा दिनका लागि कुल २१२ जनाले फारम भरेका थिए तर २०९ले मात्र परीक्षामा सहभागिता जनाएका थिए ।
त्यसमध्ये पास संख्या १०१ अर्थात ४८.३३ प्रतिशत रहेको छ । परीक्षा दिएकामध्ये १०३ जना अर्थात ५१.६७ प्रतिशत डाक्टर फेल भएका छन् ।
शुक्रबार भएको परीक्षामा विभिन्न ३४ विषयका विशेषज्ञ डाक्टरहरुले सहभागी भएको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
Share on Twitter