केयुको स्कूल अफ मेडिकल साइन्सेजको डीनमा प्रा डा मनोज हुमागाईं नियुक्त
काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु)ले स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्रा डा मनोज हुमागाईंलाई नियुक्त गरेको छ । पनौती नगरपालिका–२, कुशादेवी निवासी प्राडा हुमागाईं मंगलबार डीनमा नियुक्त भएका हुन्।
डा राजेन्द्र कोजुको कार्यकाल सोमबार सकिएपछि केयुले एसोसिएट डीन हुमागाइलाई डिनमा नियुक्त गरेको हो । कोजुले दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी सम्हालेका हुन्। केयूमा दुई पटकभन्दा बढी एकै व्यक्ति डीन हुन नपाउने व्यवस्था रहेको छ ।
Share on Twitter