सुरेश चन्द्र बस्नेतको “द टेस्ट अफ हिमालयन” पुस्तक बजारमा
काठमाडौ । फुडगुरू सुरेश चन्द्र बस्नेतले (कुकबुक) “द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाली मौलिक र रैथाने खानालाई विश्व बजारमा चिनाउने उधेश्यले उक्त पुस्तक ल्याएका हुन् ।
नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तुको उपयोग मार्फत खानालाई विश्व व्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियान्ता बस्नेतले सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराईं, पहाड र हिमाली क्षेत्रका घरमै प्रयोग हुने मसलाबाट परिकारहरु बनाउने तरिकालाई पुस्तकमा समावेश गरेका छन् ।
बिगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत् दर्जनौ होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठानमा काम गरेर अनुभवलाई पुस्तकमा समेटेका छन् । बस्नेत ग्यास्ट्रोनोमी टुरिज्म एशोसियसन अफ नेपालको अध्यक्ष समेत हुन् ।
Share on Twitter