नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस
को -को परे सूचीसहित
काठमाडौं:नेपाल प्रहरीका ६४ जना बरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।
आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् । प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराईपनि रहेका छन् ।


Share on Twitter