नेपाल प्रहरीका १४ जना डाक्टर डिएसपीमा बढुवा
काठमाडौं: नेपाल प्रहरीका १४ जना डाक्टर प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्राविधिक समूह स्वास्थ्य उप समूह चिकित्सक तर्फ रिक्त रहेको पदमा बढुवा गरेको हो ।
डा रमा विष्ट, डा रुजु केसी, डा श्रीविन्दु शर्मा, डा उमेशकृष्ण कुबर, डा रञ्जना यादव बढुवा भएका छन् । यस्तै डा ज्ञानेन्द्र चौधरी, डा श्यामकृष्ण लौडारी, डा नारायणप्रसाद अधिकारी, डा प्रयास बिडारी पनि डिएसपीमा बढुवा भएका हुन् । डा सीता पौडेल, डा राजन सुवेदी, डा सन्देश लामिछाने, डा आशिष मोहन भट्टराई र डा पुनम पाठक पनि डीएसपीमा बढुवा भएका छन् ।
Share on Twitter