नेपाली नर्सलाई बेलायत जाने अवसर
काठमाडौं:नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ । नेपाल सरकार र बेलायत सरकारबीच भएको सम्झौता अनुसार नर्स पठाउनका लागि आवेदन खुल्ला गरिएको छ ।
सुरुवाती चरणमा १०० जना नर्सलाई बेलायत लैजाने गरी दुई सरकारबीच जी टू जी सम्झौता भएको छ । बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि अक्टोवर १९ सम्ममा अर्थात तीन महिना भित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउनेछन् । न्युनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन्।
बेलायत जान आवेदन दिने नर्सले आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्षको कार्यअनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरुले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ। बेलायत जाने नर्सहरुले सुरुमा वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउने छन् भने बेलायतमा रजिष्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।


Share on Twitter