भद्रकुमारी घले सदन तत्काल नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं - काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काइसकेको छ। बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ।
तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 
Share on Twitter