मकवानपुरका तीन पालिकाले लगाए मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध
मकवानपुर : मकवानपुरका तीन स्थानीय तहले मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाएका छन् । मनहरि गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आफ्नो क्षेत्रमा निषेध गरेका हुन ।
सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनबमोजिम पालिकाहरुले यस्ता पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जनाइएको छ । मानवीय स्वास्थ्यलाई हानी पुर्याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताइएको छ ।
Share on Twitter