विद्यार्थीमा कोराेना संक्रमण हुन सुरु: विद्यालय पठाउने की नपठाउने अभिवावक अन्योलमा
विद्यालय संचालनसँगै विद्यार्थीमा कोराेना संक्रमण देखा पर्न सुरु भएको छ। ऐश्वर्य बिद्या निकेतनका कक्षा ९ मा पढ्ने एक छात्र र दुई शिक्षकमा कोराेना संक्रमण देखिएको छ। विद्यार्थी र शिक्षकमा कोराेना संक्रमण देखिएपछि विद्यालय संचालन गरेको केही दिनमै उक्त विद्यालयमा पठन पाठन बन्द गरिएको छ। बुधबारदेखि असोज ११ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयका प्राचार्य प्रेम निधी ओझाले बताएका छन्।
काठमाडौं महानगरपालिका ले असोज १० गते बाट सबै खाले पठन पाठन सुरु गर्न सकिने भनेर निर्देशिका जारी गरेको हो ।
उचित व्यवस्थापन नहुँदा विद्यार्थी हरुको कलिलो उमेरको जीवन नै अन्योलमा परेको छ।
खोप को व्यवस्थापन गर्ने भनेपनि सबै विद्यार्थीको पहुँचमा अझै पुगेको छैन ,
खोपले पूर्ण रुपमा समाधान चाहिँ गर्ने होइन , तर खोपको वाहेक अरु अझै सम्म विकल्प निस्किएको छैन।
सरकारको ध्यान राजनीति भन्दा पनि विद्यार्थीको जीवनमा पनि हुनुपर्ने अभिभावक हरु बताउँछन् ।
Share on Twitter