बलात्कार को आरोप लगाएर फसाईदिन्छु भन्दै ५० लाख रुपैयाँ माग्ने दाङका ३ महिला पक्राउ....
बलात्कारको उजुरी दिन्छु भनेर ५० लाख रुपैयाँ माग्ने ३ महिलालाई दाङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन्।
गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। उनीहरुले एक पुरुषलाई रेष्टुरेष्टमा कुरा गर्नु छ भनी बोलाएर बलात्कार उजुरी दिन्छु भन्दै रकम मागेको प्रहरीले बताएको छ।
पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।
Share on Twitter