आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालको शानदार जित
काठमाडौं:नेपालले आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा शानदार सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपालले सिङ्गापुरलाई २१ बल बाँकी छँदै आठ विकेटले पराजित गरेको हो ।
नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।नेपालबालागि कुशल भुर्तेलले ७४ रन योगदान गरे ।
यस्तै आसिफ शेखले २७ , कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे । आजको खेलबाट भुर्तेलले सातौँ टी २० अर्धशतक पूरा गरेका छन् ।
भुर्तेलले आसिफ सेखसँग मिलेर पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी गरेपछि नेपालको जित सहज बनेको थियो ।
अक्षय पुरीको बलिङमा आसिफ २७ रनमा आउट भएपछि सो साझेदारी भङ्ग भएको हो । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ
Share on Twitter