एसिया कपमा नेपाल र भारत खेल्दै
काठमाडौं:एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।
समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टोली सुपर फोरमा पुग्न चाहन्छन् । नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ ।
वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ । भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग खेल्न लागेको हो ।
भारतसँग नेपालले खेलेको प्रत्यक्ष हेर्नका लागि धेरै नेपाली समर्थक उत्साहित छन् । हजारौँ समर्थक तथा दर्शक नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका छन् ।
Share on Twitter