भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी
काठमाडौं:आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको छ । नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ ।
भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाइन् । अन्य ब्याट्सम्यान चल्न सकेनन ।
भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १–१ विकेट लिए । यसअघि भुटानले ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि दिचेन वाङ्मोले २१ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानका ४ जना खेलाडी शून्य रनमा आउट भएका थिए । दुई जनाले १–१ रन जोडे भने एक जनाले ३ रन मात्रै बनाए ।
टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् । यस्तै कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १–१ विकेट लिए ।
Share on Twitter