क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा
काठमाडौं:क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो ।
यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो। त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुन लागेको हो ।
बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।
अदालतको आदेशअनुसार सन्दीपले बयान दिने क्रममा किशोरीको जन्म दर्ता किताबको प्रतिलिपि आफूलाई कुनै शुभेच्छुकले दिएको र त्यसको आधिकारिकता थाहा नभएको तर मुद्दाका क्रममा महत्त्व राख्न सक्छ भनेर बुझाएको बयान दिएका थिए । थप कागजात मगाउन नपर्ने भएपछि जिल्ला अदालतले आइतबार नै पेशी तोकेको हो ।
Share on Twitter