क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित
काठमाडौं :नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।
कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो । अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए।
Share on Twitter